हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

विराटनगर । नेपाली सेनाले हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।उनकाे अनुसार जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वोरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।

तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो । आइतबार विहान विहान ९ः५५ बजे जहाज जोमसोम विमानस्थल अवतरणका लागि उडेपनि पुग्न नपाउदै सम्पर्क विहिन भएको थियो । विकट र उच्चक्षेत्रमा विमान दुर्घटनामा परेको र ठुलो आवाज आएको स्थानीयबासीहरुले जानकारी गराएपछि त्यस क्षेत्रमा आइतबारदेखिनै खोजी कार्यतिव्र बनाइएको थियो । विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरीक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका तारा एयरलाइन्सले जनाएको छ ।

पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्