वर्षको पहिलो सोमबारे औँशी,मौन स्नान गरी मनाइयो

<span class='c1'>वर्षको पहिलो सोमबारे औँशी,मौन</span> <span class='c2'>स्नान गरी मनाइयो</span>

काठमाडाैँ । नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ।

आज (सोमबार) औँशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ। ज्येष्ठ कृष्ण औँशीका दिन आज परेको सोमबारे औँशी यस वर्षको पहिलो सोमबारे औँशी हो ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा. रामचन्द्र गौतम वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउँछन्।
सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए। औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्त्वपूर्ण मानिन्छ। सोमबार औँशी परेका दिन मातापिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरूपमा उचित रहेको जनाइएको छ।

प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रूपमा मनाउने वैदिक परम्परा रहिआएको छ। माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन्। यसका लागि पनि सोमबार परेको औँशी विशेषरूपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताए।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्