मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

पर्सा । मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने मोरङ कटहरी गाउँपालिका-४ ठेगाना भएका २५ वर्षीय सुरज कुमार साह, वीरगंज महानगरपालिका-१६ फुलबारी टोल डेरा गरी बस्ने जुम्ला हेमा गाउँपालिका-३ जोगीवडा टोल ठेगाना भएका ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगंज महानगरपालिका-१६ स्थित कार्की होटलकी सञ्चालिका सखुवासभा खाँदवारी नगरपालिका-१० ठेगाना भएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) रहेका छन् ।

सुरज कुमार साहले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगंज बोलाई बसपार्कस्थित एक होटलमा लगि पटकपटक करणी गरेपश्चात् जेठ ९ गते वीरगंज महानगरपालिका-१६ स्थित कार्की होटलकी सञ्चालिका लक्ष्मी बुढाथोकीको जिम्मा लगाई आफू भागी फरार भएका थिए । जेठ १० गते लक्ष्मी बुढाथोकीले ‘विवाह गर्छ’ भनी झुक्याई हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएको र योगीले पीडितलाई आफ्नो कोठामा लगि मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरी बाहिर निस्कन नदिई राखेको अनुसन्धानबाट खुल्न आएको छ । साथै उक्त घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरू उपर जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्