निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गर्छौं : प्रधानमन्त्री देउवा

निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गर्छौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्मला पन्तको बलात्कार र हत्यापछि प्रमाण मेट्ने काम भएको भन्दै उक्त घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने बताएका छन् ।

बलात्कार जस्तो अपराधीलाई क्षमा दिन नसकिने भन्दै उनले ढिलो चाँडो अपराधीलाई कानूनी कठघरमा उभ्भाइने उल्लेख गरे । प्रधानमन्त्री देउवाले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको बताए ।

संविधानले महिला माथि हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको उनको भनाइ थियो ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्