भारतमा एक दिनमा दुई हजार ३३८ कोरोना सङ्क्रमित

भारतमा एक दिनमा दुई हजार ३३८ कोरोना सङ्क्रमित

भारतमा सोमबार कोरोनाको दैनिक सङ्क्रमणमा थोरै गिरावट देखिएको छ । पछिल्लो २४ घण्टामा यस देशमा दुई हजार ३३८ नयाँ सङ्क्रमित दर्ता भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

आइतबार एक दिनमा दुई हजार ७०६ जना कोरोना सङ्क्रमित भएका थिए । आइतबार तुलनामा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्यामा केही कमि आएको देखियो । हाल यहाँ १७ हजार ८८३ सक्रिय सङ्क्रमितसक्रिय रहेका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको ०.०४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा दुई हजार १३४ जनालाई कोरोना निको भएपछि कुल चार करोड २६ लाख १५ हजार ५७४ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या पाँच लाख २४ हजार ६३० पुगेको छ ।

भारतले सोमबार तीन लाख ६३ हजार ८८३ जनाको कोभिड परीक्षण गरेको छ । हालसम्म भारतमा कुल ८५ करोड ४ लाख कोभिड परीक्षण गरिएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड डोज खोप लगाइएको छ ।रासस/ एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्