सप्तरीमा चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिक पक्राउ

<span class='c1'>सप्तरीमा चार किलो चाँदीका गहनासहित</span> <span class='c2'>एक भारतीय नागरिक पक्राउ</span>

सप्तरी । सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरी पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरिएको हो ।

चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो । बरामद गरिएको गहनाको बजार मूल्य रु चार लाख ३८ हजार रहेको बताइएको छ । चौधरीलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्