सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा वार्षिक १५ हजारको मृत्यु

<span class='c1'>सुर्तिजन्य पदार्थको सेवनबाट कम्बोडियामा</span> <span class='c2'>वार्षिक १५ हजारको मृत्यु</span>

सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने मानवीय क्षति डर लाग्दो रहेको छ ।

सुर्तिजन्य पदार्थले मानवीय शक्तिसँगै वातावरणीय क्षेत्रमा समेत नकारात्मक प्रभाव पारिरहेकाले यसको न्यूनिकरणका लागि पनि डब्लुएचओका प्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् ।

कम्बोडियाका लागि डब्लुएचओका प्रतिनिधि लि एैलानले सुर्तिजन्य पदार्थको सेवनबाट अनावश्यक क्षेत्रमा खर्च गर्नु परेको बताउनुभयो ।

उहाँले सुर्तिजन्य पदार्थको सेवनका कारण विश्वभरि वार्षिक ८० लाख मानिसको मृत्यु हुने गरेको पनि जानकारी दिनुभयो ।

विश्व सुर्तिजन्य पदार्थ दिवसको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनमा सुर्तिजन्य पदार्थको प्रयोग घटाउन चेतनामूलक कार्यक्रमहरू नै बढाउनु पर्नेमा जोड दिइएको छ ।

हरेक वर्षको मे ३१ तारिखमा विश्वभरि सुर्तिजन्य पदार्थ सम्बन्धी दिवस विविध कार्यक्रम गरी मनाउने गरिन्छ । रासस / सिन्ह्ना

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्