आज पनि शेयर बजार घट्यो

आज पनि शेयर बजार घट्यो

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से बुधबार २१३० अंकमा ओर्लिएको छ । यो अंक १७ महिनायताकै न्यून हो । हिजो मंगलबार ३५ अंक घटेको नेप्से आज बुधबार ७.२१ अंकले घटेको हो । कारोबार रकम पनि घटेको छ । मंगलबार १ अर्ब ३१ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब ७ करोडमा खुम्चियो ।

विकास बैंक २१, जलविद्युत् १६ र फाइनान्स उपसमूह ५ अंक बढे । बैंकिङ ५, होटल तथा पर्यटन ९, जीवन बीमा १५५, उत्पादन ३३, लघुवित्त १३, निर्जीवन बीमा १५७ र ब्यापार उपसमूह ३३ अंकले घटे । धेरैजसो कम्पनीको मूल्य बढे पनि समग्र परिसूचक नेप्से घटेको हो । उच्च पुँजीकरणका कम्पनीको मूल्य घटेकाले यस्तो प्रभाव देखिएको हो । कुल १०१ कम्पनीको मूल्य बढ्दा ८४ को घट्यो भने १० को स्थिर रह्यो । दुई कम्पनीको मूल्य करिब १० प्रतिशत बढेको छ । मैलुङ खोला जलविद्युतको मूल्य १० प्रतिशत बढ्यो । बलेफी हाइड्रोको मूल्य ९.९ प्रतिशत बढ्यो । रकमका आधारमा धेरै कारोबार हुने कम्पनीमा इन्भेष्टमेन्ट बैंक, हिमालयन डिस्टिलरी, शिखर इन्स्योरेन्स, एनआईसी एसिया बैंक, अरुण काबेली रहे । शिखर इन्स्योरेन्सको मूल्य १० प्रतिशत तथा इन्भेष्टमेन्ट बैंकको ७ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्