सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो

विराटनगर । सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ पुगेको छ । बुधबार भने सुन तोलामा ८०० रुपैयाँले गिरावट हुँदा प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २ सय ६५ रुपैयाँमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्