लागुऔषध गाँजा सहित २ जना पक्राउ

लागुऔषध गाँजा सहित २ जना पक्राउ

विराटनगर । धनकुटा र मोरङबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ ।

बुधबार बिहान करिब १० बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ आउदै गरेको को१ज ३३२३ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाएर ल्याएको लागुऔषध गाँजा ९ केजी ५०० ग्राम फेला परेको थियो । गाँजा फेला परे पश्चात सोही गाडीमा सवार धनकुटा सहिदभुमी गाउपालिका २ बस्ने २० बर्षीय उपेन्द्र बिसुंखे र गाडी चालक सहिदभुमी गाउपालिका ३ बस्ने २९ बर्षीय लोकेन्द्र राईलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनकुटामा लगी थप अनुसन्धान भईरहेको छ ।

यसैगरी बुधबार राती करिब ११ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका २ सिरुझार बस्ने २७ बर्षीय सोम तामाङलाई घरैबाट लागुऔषध गाँजा १ केजी सहित पक्राउ गरेको थियो।

दुवै जनाको घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्