रंगेलीमा राउण्ड टेबल १५ द्वारा निःशुल्क स्वास्थ्य शिविर

रंगेलीमा राउण्ड टेबल १५ द्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । सेन्ट्रल राउण्ड टेबल १५ ले विद्यार्थीलाई नि:शुल्क शिविर संचालन गरेको छ ।

मोरङको  रंगेलीमा रहेको  श्री महर्षि मेँहीँ आधारभूत विद्यालयका विद्यार्थीलाई नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
सेन्ट्रल राउण्ड टेबल १५ ले स्थापनाकाल देखि नै सामाजिक सेवामा सक्रिय रहदै आएको छ ।


यसैक्रममा  विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ ले विद्यालयका १ सय ५० जना विद्यार्थीको निःशुल्क रुपमा आँखा र कानको स्वास्थ्य परीक्षण गरिएको संस्थाका अध्यक्ष डाक्टर ललित अग्रवालले जानकारी दिए । शिविरमा विराटनगर आँखा अस्पतालका चिकित्सकहरुको प्राविधिक सहयोग रहेको अग्रवालले बताए ।

विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ले विगत ३ वर्षदेखि आफ्नो वार्षिक लक्ष्य अनुरुप स्वास्थ्य शिविरको आयोजना गर्दै  आएको छ ।
शिविरमा परीक्षणका क्रममा आवश्यकता अनुसार  चस्मा तथा औषधि समेत निःशुल्क रुपमा वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्