दोलखाको तामाकोशी नदीकाे किनारमा एक पुरुषको शव फेला

दोलखाको तामाकोशी नदीकाे किनारमा एक पुरुषको शव फेला

दोलखा । दोलखाको तामाकोशी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित तामाकोसी नदि किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए ।

तामाकोशी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगी प्रहरीले अनुसन्धान गरी शव चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा ल्याएर राखिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

फेला परेको शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शव पूरै सडेको अवस्थामा फेला परेको र व्यक्तिको पहिचान भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले कोही व्यक्ति हराएको भए प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्