ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ ।

यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो ।

उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा.किरण शाक्यले गर्नुभएको हो । चिकित्सकको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्