तारा एयरले पोखरा–जोमसोम एक हप्ता उडान नगर्ने

तारा एयरले पोखरा–जोमसोम एक हप्ता उडान नगर्ने

काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ । एक हप्ता उडान नगर्ने एयरलाइन्सको निर्णयसँगै पोखरा–मुस्ताङको टिकट बिक्री वितरण बन्द हुने भएका छन् ।

त्यस्तै, बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् । उडान गन्तब्यहरूमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम सम्बन्धी जानकारी मौसम विभागले दिन नसक्दा आजका बसै उडानहरू रद्द गरिएको एयरलाइन्सले जनाएको छ ।

सरकारले गत जेठ १५ गते विमान दुर्घटनापछि इनरुट मौसम सफा नभएसम्म उडान नगर्न निर्देशन दिएको छ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्