झापा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बस्ने ३७ वर्षीय हिमाल राई भन्ने मनोज कुमार राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राउतले ती किशोरीलाई ललाई फकाई आफ्नै घरमा लगि बैशाख २५ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।