दन्त चिकित्स संघद्धारा नव निर्वाचित मेयर-उपमेरलाई बधाई तथा शुभकामना

दन्त चिकित्स संघद्धारा नव निर्वाचित मेयर-उपमेरलाई बधाई तथा शुभकामना

विराटनगर । नेपाल डेन्टल एशोसिएशन मोरङ शाखाले विराटनगर महानरपालीकाका नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

स्थानिय तह निर्वाचन २०७९ बाट निर्वाचित विराटनगर महानगरपालीकाको मेयरमा नागेश कोईराला र उपमेयर शिल्पा निरला कार्कीलाई बधाई तथा सम्मान गरेको हो । नेपाल डेन्टल एशोसिएशनमा आवद्ध चिकित्सकहरुको टोलीले बिहीबार मेयर तथा उपमेयरको कार्यकक्षमा नै पुगेर सम्मान तथा बधाई दिएको छ ।

नेपाल डेन्टल एशोसिएशन मोरंगका अध्यक्ष डाक्टर प्रेक्षा दली सचिव डाक्टर मिरा आर्चाय, डा.सेफाली कोईराला, डा. निलश देव, डा.कमरुल हक, डा.बिवेक महतो,डा. विशालराज जोशी लगायतको टोलीले शुभकामनासँगै महानगरपालीकालाई सुझाव पत्र समेत दिएका छन् । उनीहरुले महानगरभित्र संचालनमा रहेका सम्पुर्ण डेन्टल किल्निक नेपाल मेडिकल काउन्सिलमा दर्ता रहेका चिकित्कहरुले मात्र सेवा दिईरहेको कुराको नियमित अनुगमन गर्ने ।
विद्यालय एवम सरकारी कार्यालयमा नियमित दन्त स्वास्थ्य सम्बन्धी सचेतना संचालन गर्नुपर्ने र दन्त सुरक्षाको सम्बन्धमा हुने निति नियम तर्जुमा गर्दा नेपाल डेन्टल एशोसिएशनको प्रतिनिधी सम्मिलित गराउनुपर्ने लगायतका सुझव समेत पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्