५० करोड लगानी भित्र्याउने गरी पहिलो पटक नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना हुँदै

५० करोड लगानी भित्र्याउने गरी पहिलो पटक नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना हुँदै

काठमाडौं । नेपालमा स्टार्टअप को प्रवद्र्धनका लागि नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनईवाईईएफ)ले नेपालमा पहिलो पटक नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । ४ मिलियन डलर अर्थात ५० करोड लगानी नेपाली उद्यम क्षेत्रमा ल्याउने उद्देश्यले यो आयोजना अघि सारिएको हो ।

“इनोभेट, कनेक्ट, एल्सेरेट” उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा करिब ३००० स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजिवी, पत्रकार आदिको सहभागिता रहने अनुमान गरिएको छ ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईइएफ) ले आगामी जून २५,२०२२ अर्थात् असार ११मा होटेल सोल्टीमा सीएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको हो । यसै सम्बन्धमा सीएनआईवाईइएफका अध्यक्ष अमुन थापाले स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको र ती नीतिको कार्यान्वयनका लागि समितिले सरकारसँग सहकार्य गर्न सक्ने बताएका छन् । व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको र नयाँ क्षेत्रहरुमा काम गर्न उचित वातावरण मिलाउनु पर्ने उनको भनाइ रहेको छ ।

उक्त कार्यक्रममा स्टार्टअप्सहरुले लगानीका लागि प्रस्ताव पेस गर्ने व्यवस्था मिलाइएको छ । “सीएनईवाईइएफ नेपाल स्टार्टअप फेस्ट”को आधिकारिक वेवसाइट मार्फत आवेदन पेस गर्न सकिने नेपाल उद्योग परिसंघ युवा उद्यमशीलता फोरम (सीएनईवाईईएफ)का निवर्तमान अध्यक्ष चाङ अग्रवालले बताएका छन् ।

कार्यक्रमलाई लिएर उत्साहित हुँदै उनी भन्छन्, “यस्तो कार्यक्रम नेपालको इतिहासमा नै पहिलो पटक हुन लागेको हो, हामीले ४ मिलियन डलर बराबरको लगानीका लागि आसय पत्रमा हस्ताक्षर गरिसकेको छौ । टीम भेन्चर, ग्लोबल इक्वीटी फन्ड, अध्यान्त फन्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल टेलीभेन्चर पार्टनरले संयुक्त रुपमा करिब ५० करोडको आसयपत्रमा हस्ताक्षर गरिसकेका छौँ ।” यसका साथै नेपाल प्राइभेट इकुइटी एसोसिएसन, इम्प्याकट हब, रोबोटिक्स एसोसिएसन नेपाल र एन्टरप्रेरणा सँग पनि सहकार्य गर्न सम्झौता गरेको सीएनईवाईइएफले जनाएको छ ।

यस कार्यक्रममा विभिन्न विधाका ७ ओटा स्टार्टअप्सहरुलाई सम्मान गरिने छ । यसका साथै उक्त कार्यक्रममा प्यानल डिस्कसन, इन्भेस्टर्स डेटिङ, रोबोटिक फुटबल, ड्रोन एक्टीभिटिज, म्युजिकल कन्सर्ट हुने छन् । एकदिन सम्म चल्ने उक्त कार्यक्रममा ५० भन्दा धेरै स्टार्ट अप्सले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्ने व्यवस्था गरिएको छ । नोटबजार डटकमबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्