सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ९ सय रुपैयाँले बढेको छ ।

बिहिबारको तुलनामा छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढ्दै ९८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,आज तेजाबी सुनको मूल्य समेत तोलामा ९ सय रुपैयाँले नै बढ्दै ९८ हजार रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा आज तोलामा २५ रुपैयाँले बढ्दै एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्