विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ ।

कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आइपिओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो । कुल सेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ।

सर्वसाधारणले भने १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन छिटोमा जेठ २५ गते र ढिलोमा असार ३ गते बन्द हुनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्