ब्राजिलमा हप्तादेखि सुरु भएको वर्षा अझै रोकिएन, ९ हजार ३०० जना वर्षाबाट विस्थापित

ब्राजिलमा हप्तादेखि सुरु भएको वर्षा अझै रोकिएन, ९ हजार ३०० जना वर्षाबाट विस्थापित

ब्राजिलमा गत हप्तादेखि सुरु भएको वर्षा अझै रोकिएको छैन ।

अविरल वर्षाका कारण त्यहाँ ठूलो क्षति पुगेको छ । ब्राजिलको उत्तरपूर्वी पर्नाम्बु राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण त्यहाँ मृत्यु हुनेको संख्या १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन् । बाढीका कारण कम्तिमा ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पु¥याएको छ । उक्त राज्यमा सयौँ घर भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ ।

पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो पटक भएको अधिकारीहरुले जनाएका छन् । यसअघि सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा परेर १७५ जनाले ज्यान गुमाएका थिए । पर्नाम्बुका २० भन्दा बढी नगरपालिकाले आपतकालीन अवस्था घोषणा गरेका छन् ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्