अब तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नुपर्दैन

<span class='c1'>अब तुइनमा झुण्डिएर</span> <span class='c2'>मेलम्ची खोला तर्नुपर्दैन</span>

सिन्धुपाल्चाेक । गएकाे वर्ष निर्माण गरे लगत्तै असार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्चीखोला वारपार गर्न बाध्य थिए । हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरुलाई तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल निर्माण भएपछि ती बस्तीमा सहजै आवतजावत गर्न सजिलो भएको हेलम्बु–१ का वडाध्यक्ष दावा ग्यालजेन शेर्पाले बतउनुभयो । उहाँका अनुसार गएकाे वर्ष असार र साउनको बाढीले निर्माण गरेको लगत्तै पक्की पुल बगाएकाले ती बस्तीमा तुइनको सहारामा मानिसले आवतजावत गरिरहेका थिए ।

मेलम्ची घ्याङ माध्यमिक विद्यालयसमेत रहेको मेलम्ची घ्याङ बस्तीमा टाढाटाढाका साना विद्यार्थीलाई विद्यालय आउनजान कठिनाइ परेकोले प्राथमिकतामा राखेर तीन महिनामै पुल निर्माण गरिएकोे हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'अब तुइनको जोखिम यात्रा गरेर मेलम्ची खोला तर्नुपर्ने समस्या टरेको छ । यस कार्यका लागि सहयोग गर्नुहुने सम्बन्धित सबैप्रति आभारी छु। यस वर्ष पनि बाढीले पुर्याउन सक्ने क्षतिप्रति हामि सचेत छौँ ।'

अध्यक्ष शेर्पाका अनुसार पुल निर्माणपछि बस्तीका बासिन्दा र विद्यालयका विद्यार्थी मात्र नभइ मेलम्ची घ्याङको बाटोबाट ठाडेपाटी हुँदै गोसाँइकुण्डसम्म जाने तीर्थयात्री र पर्यटकको लागि पनि सहज भएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्