विराटनगर । यातायात व्यवस्था विभाले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडादर घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै स्वचालित भाडादर अनुसार गाडीभाडा घटेको हो ।
यात्रुबाहक सवारीमा २, पहाडी जिल्लामा २ प्रतिशत, तराईका जिल्लामा २.६ प्रतिशत भाडा घटेको विभागले जनाएको छ ।
मालबाहक सवारीको भाडा दर पनि घटेको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । इन्धनको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा विभागले सवारीको भाडादर समायोजना गर्दै आएको छ ।
फोटो:फाईल