प्रिमियर गुणस्तरको लत्ताकपडाका लागि जोगबनीको ‘दरबार क्लोथ’

प्रिमियर गुणस्तरको लत्ताकपडाका लागि जोगबनीको ‘दरबार क्लोथ’

विराटनगर । अन्तराष्ट्रिय ब्राण्डका लत्ताकपडा बिक्री गर्ने उद्देश्यका साथ भारतीय बजार जोेगबनीस्थित नेताजी सुपर मार्केटमा दरबार क्लोथ सञ्चालनमा आएको छ ।

बिहीबार एक औपचारिक कार्यक्रमकाबिच पसलको उद्घाटन गरिएको हो । सञ्चालनमा आएको दरबार क्लोेथमा महिला तथा पुरुषका लागि विभिन्न ब्राण्डका लत्ताकपडाहरु उपलब्ध रहेको जनाईएको छ । पसलमा महिलाहरुका लागि साडी, कुर्ता सुरुवाल, लेहेङ्गा र अन्य होम डेकोर आईटमहरु उपलब्ध रहेको दरबार क्लोथका सञ्चालक साजिद अलीले बताएका छन् । उनले दरबार क्लोथमा पुरुषहरुका लागि पनि रेमण्ड, सियाराम, ब्ल्याकबेरी, डिगज्याम, बिमल, ग्वालियर, ओसियन र रेड एण्ड टेलर्स लगायत विभिन्न ब्राण्डका सर्टिङ सुटिङका कपडाहरु उपलब्ध रहेको जानकारी दिएका छन् ।

भारतीय बजार जोगबनी लत्ताकपडा खरिदका लागि प्रख्यात छ । भारत मात्रै नभई नेपालका विभिन्न ठाउँहरुबाट दैनिक हजारौं नेपाली उपभोक्ता लत्ताकपडा खरिदकै लागि भारतीय बजार जोगबनी पुग्ने गरेका छन् । यस्तो अवस्थामा ग्राहकहरुलाई प्रिमियर गुणस्तरको लत्ताकपडाहरु उपलब्ध गराउनु नै दरबार क्लोथको उद्देश्य रहेको सञ्चालक अली बताउँछन् ।

बिहीबारदेखि सञ्चालनमा आएको दरबार क्लोथमा हाल बिशेष छुट सहितका लत्ताकपडाहरु बिक्री वितरण भईरहेका छन् । ५० हजारभन्दा माथिको खरिदमा भने ग्राहकहरुका लागि गिफ्ट ह्याम्पर समेत व्यवस्था गरिएको दरबार क्लोथले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्