ठगी मुद्दाका फरार आरोपी काठमाडौंको नयाँबजारबाट पक्राउ

ठगी मुद्दाका फरार आरोपी काठमाडौंको नयाँबजारबाट पक्राउ

काठमाडौं । ठगी मुद्दाका फरार आरोपीलाई प्रहरीले काठमाडौंको नयाँबजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–४ घर भएका जिवन कुमार केसी छन् ।

जिवन कुमार केसी र रोजीना शाक्य समेत विरुद्ध उपभोक्ता हित संरक्षण नेपालले १ करोड १९ लाख ८४ हजार ठगी गरेको जाहेरी दर्ता गराएको छ । ४८ वर्षीय जिवन केसीबारे अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्