विराटनगर आँखा अस्पतालका डाक्टरको गाडीको ठक्करबाट सुरक्षा गार्ड घाईते

विराटनगर आँखा अस्पतालका डाक्टरको गाडीको ठक्करबाट सुरक्षा गार्ड घाईते

विराटनगर । विराटनगर-१३ रानीस्थित विराटनगर आँखा अस्पतालका डाक्टरको गाडीको ठक्करबाट गेटमा खटिएका सेक्युरिटी गार्ड गम्भीर घाईते भएका छन् ।

डाक्टरले चलाएको बाग्मती प्रदेश ०१-२७ च ४०२१ नम्बरको गाडीले अस्पतालको गेटमा कार्यरत सुरक्षा गार्ड अन्दाजी ४५ वर्षीय गुरुप्रसाद लुँईटेललाई ठक्कर दिँदा उनको अवस्था गम्भीर बनेको हो । घाईते गार्डलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ । बिहानको ६ बजेदेखि १२ बजेसम्मको ड्युटी खटिएका गार्डलाई भने आज बिहान डाक्टरको गाडीले ठक्कर दिएको हो ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्