जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चाबहिल बस्ने दोलखा तामाकोशी गाउँपालिका-६ च्यामा घर भएका १९ वर्षीय जिवन केसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१ हात्तीसारस्थित रेष्टुरेन्टमा वेटर काम गर्ने जिवनले ती महिलालाई सोही रेष्टुरेन्टमा जबरजस्ती करणी गरेको भन्ने प्राप्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रुपन्देही, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका-१ बस्ने १९ वर्षीय सोनु मल्लाह, २१ वर्षीय टिकाराम दंगोरिया थारु र सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय मनोज थारु रहेका छन् । बुटवल उपमहानगरपालिका-१६ बैठौलीस्थित दनाव नदीको किनारमा सोनु, टिकाराम, मनोज र शुद्धोधन गाउँपालिका-१ शीसै बस्ने प्रेम थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको हो । साथै हाल फरार प्रेम थारूको प्रहरीले खोजी गरिरहेको छ ।

दुवै घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्