रुपन्देहीमा बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ५ जनाको सनाखत

रुपन्देहीमा बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ५ जनाको सनाखत

विराटनगर । रुपन्देहीमा आइतवार बिहान भएको यात्रुबहाक बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ५ जनाको सनाखत भएको छ । ९ जनाको मृत्यु भएकोमा ४ जनाको भने पहिचान खुलिसकेको छैन ।

मृत्यु भएकामध्ये रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षका राजेन्द्र पाण्डे, रुपन्देहीकै तिलोत्तमा योगिकुटीका ४६ वर्षका विष्णु पौडेल, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ४८ वर्षका कृष्ण प्रसाद बस्याल, रौतहट चन्द्रनिगाहापुरका २० वर्षीया दिनेश दास र भारतको जनकपुरग्रामका ४० वर्षका अरविन्द्र शर्माको पहिचान खुलेको रुपन्देहीका प्रहरीले जनाएको छ ।

दुर्घटनामा १ जना महिला सहित ९ जनाको मृत्यु भएको छ भने घाइते १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा २४ जना घाइते छन् । गाडीबाट ३३ जना यात्रुलाई उद्दार गरिएको थियो ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा सडक खण्डस्थित पुलबाट खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्