एकिकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने

एकिकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने

विराटनगर । नेकपा एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

नेता झलनाथ खनालका अनुसार पहिले नै ६÷६ महिना मन्त्री बन्ने सहमति भए अनुसार फिर्ता बोलाउने निर्णय भएको हो । एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्