जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका-१ श्रृजनानगरस्थित सिन्धुपाल्चोक भोजनालयमा जुवातास खेलिरहेको अवस्थामा भोजनालयका संचालक सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-२ घर भएका ४५ वर्षीय कान्छा गिरी समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त भोजनालयमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.९१ हजार ३ सय रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१ वसन्त टोल बस्ने ४० वर्षीय दिपु श्रीमालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-३ बस्ने डोटी दिपायल सिलगढी नगरपालिका-६ घर भएका ६२ वर्षीय तेज बहादुर बोगटी समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रीमालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.८६ हजार रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्