कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ

कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका-४ मिथिला ईन्सिच्युट अफ टेक्नोलोजी क्याम्पस जनकपुरमा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा मिथिला नगरपालिका-३ बस्ने १९ वर्षीय कुलदिप महतो आइतबार बिहान पक्राउ परेका छन् ।

उक्त क्याम्पसमा संचालन भइरहेको कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षामा मिथिला नगरपालिका-३ बस्ने नन्दकिशोर महतोको नाममा कुलदिपले परीक्षा दिइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्