ओखलढुंगा । ओखलढुङगाको मोलुङ गाउँपालिका ६ मंगलबारे बस्ने ५५ बर्षीया दुधमाया कट्वालको रुखबाट लडेर मृत्यु भएको छ ।
आईतबार बिहान करिब ८ बजे घरबाट अन्दाजी २ कि.मि. दक्षीणमा रहेको पाखाबारीमा बाझको रुखमा चढेर घास काट्ने क्रममा लडेर घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट प्रहरी टोली खटि गई घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।