सर्लाहीबाट स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

सर्लाहीबाट स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

सर्लाही । ब्रह्मपुरी गाउँपालिका-४ स्थित सडकबाट स्रोत नखुलेको नगद रू.७ लाख ५० हजार रूपैयाँ सहित भारत सितामढी ग्राम सोनबर्सा-२ बस्ने ४० वर्षीय विश्वनाथ महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० ई ३९१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त नगद फेला पारी चालक महतोलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्