अर्जेन्टिनामा कोरोनाबाट थप ४६ हजार सङ्क्रमित, ८४ को मृत्यु

अर्जेन्टिनामा कोरोनाबाट थप ४६ हजार सङ्क्रमित, ८४ को मृत्यु

अर्जेन्टिनामा पछिल्लो एक हप्तामा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक हप्तामा अर्जेन्टिनामा ४६ हजार ४५ जना नयाँ सङ्क्रमित भएका हुन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सोही अवधिमा अरु ८४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको उल्लेख छ ।

अघिल्लो हप्ताको तुलनामा यो हप्ता नयाँ सङ्क्रमितको सङ्ख्या घटेको छ भने मृतकको सङ्ख्या बढेको छ । अघिल्लो हप्ता ५१ हजार ७७८ जना नयाँ सङ्क्रमित हुँदा ६४ जनाको मृत्यु भएको थियो ।

अर्जेन्टिनामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९२ लाख ७६ हजार ६१८ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या एक लाख २८ हजार ९७३ पुगेको छ ।

अर्जेन्टिनामा कोरोना भाइरसका कारण बिरामी भइ ३४४ जना अहिले पनि अस्पतालमै भर्ना भएका छन् । उनीहरूलाई अति सघन कक्षमा राखेर उपचार गराइएको छ ।

अर्जेन्टिनामा गत सन् २०२० को डिसेम्बरदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान चलाइएको थियो । रासस / सिन्ह्ना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्