विराटनगर । झापाको गौरिगंज गाउँपालिका ५ फत्तेपुर बस्ने शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार बिहान करिब ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान करिब ८:३० बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाक प्रहरी कार्यालय गौरिगंजबाट प्रहरी टोली गएको थियो।
घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।