राष्ट्रिय सौन्दिर्यकर्मी युनियन नेपाल ईकाइ दुहबीमा रेणु सुवेदी

राष्ट्रिय सौन्दिर्यकर्मी युनियन नेपाल ईकाइ दुहबीमा रेणु सुवेदी

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) ईकाई कमिटी दुहबीको अध्यक्षमा रेणु सुवेदी चयन भएकी छिन् ।

प्रदेश १ भरीका सम्पुर्ण सौन्दर्य व्यवसायमा आवद्ध व्यवसायीहरुलाई एकावद्ध गराउने उदेश्यका साथ अहिले जिल्लाभर सदस्यता विस्तारसँगै कमिटी गठन गर्दै आएको छ । यसैविच राष्ट्रिय सौन्दिर्यकर्मी युनियन नेपाल प्रदेश १ र विराटनगर महागर कमिटीले आईतबार सुनसरीको दुहवीमा नयाँ कमिटी गठन गरेको छ । प्रदेश १ की उपाध्यक्ष ललिता धिमालको अध्यक्षतामा १३ सदस्यीय कमिटि गठन गरिएको छ ।

कमिटिको उपाध्यक्षमा चानु माझी, सचिवमा ओमप्रकाश विक चयन भएका छन् । विक सैलुन व्यवसाय हुन् । राष्ट्रिय सौन्दिर्यकर्मी युनियन नेपालले सैलुन व्यवसायमा आवद्ध भएका व्यवसायीहरुलाई पनि कमिटिमा विस्तार गर्न थालेको छ ।

त्यसैगरी सह सचिवमा सुनिता चौधरी र कोषाध्यक्षमा नविना तक्दार चयन भएका छन् भने सदस्यहरुमा लक्ष्मी पासवान, पवित्रा थापा मगर लगायत रहेका छन् ।

उक्त कार्यक्रममा राष्ट्रिय सौन्दिर्यकर्मी युनियन नेपालकी केन्द्रिय सदस्य गंगा तामाङ, विराटनगर महानगरकी अध्यक्ष अमिता पोखरेल, सचिव भली सुब्बा, कोषध्यक्ष मन्दिरा भट्टराई लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्