नेप्सेको ओरालो यात्रा कायमै

<span class='c1'>नेप्सेको ओरालो</span> <span class='c2'>यात्रा कायमै</span>

काठमाडौं । हाल ‘वियरिस ट्रेन्डमा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक यस साताको पहिलो कारोबार अर्थात् सोमबार पनि सोही लयमा रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८९ अङ्कले ओरालो लागेर दुई हजार ६५.८२ अङ्कमा ओर्लिएको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले ओरालो लागेर ४००.३६ अङ्कमा ओर्लिएको छ ।

नेप्सेको ओरालो यात्रा जारी रहँदा कारोबार रकम समेत ओरालो लागेको छ । कूल २२८ कम्पनीको ४४ लाख नौ हजार ६९१ कित्ता शेयर रु एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । बैंकिङ १९.०४, व्यापार ०.१२, होटल तथा पर्यटन १.२४, जलविद्युत् ४.९९, निर्जीवन बीमा ४९.५४, जीवन बीमा १९८.३२ र लगानी ०.२१ अङ्कले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक ११.९३, वित्त ३.३, उत्पादन २१.०९, अन्य १.५९, लघुवित्त २२.६ र सामूहिक लगानी कोष ०.०४ अङ्कले उकालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ४१ अर्ब १४ करोड १३ लाख १७ हजार ६१९ बराबर पुगेको छ । कारोबारका आधारमा एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड २४ लाख ७७ हजार ३८७ बराबरको कारोबार भयो ।

त्यस्तै, एनआइसी एशिया बैंक रु ६ करोड ७६ लाख ९४ हजार ६४१, नेपाल लाइफ इन्स्योरेन्स रु चार करोड ६१ लाख ९१ हजार ९११, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ९० लाख २३ हजार १९० र हिमालयन डिस्टिलरी रु तीन करोड ७८ लाख ४७ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।

नेप्सेका अनुसार उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९.९६, नारायणी डेभलपमेन्ट बैंक ६.४७, मिथिला लघुवित्त ४.३७ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ३.९० प्रतिशतले कमाए । त्यस्तै, हिमालयन बैंक ९.९९, माहुली लघुवित्त ७.६६, नेपाल लाइफ इन्स्योरेन्स ३.९२, मनकामना स्मार्ट लघुवित्त ३.९२ र गुराँस लघुवित्तका लगानीकर्ताले ३.८६ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्