विराटनगरको गुरुकुलमा बाल मनोविज्ञानसँग ब्लेकको ‘द स्कुल व्वाइ’ नाटक मञ्चन

विराटनगरको गुरुकुलमा बाल मनोविज्ञानसँग ब्लेकको ‘द स्कुल व्वाइ’ नाटक मञ्चन

विराटनगर ।  विराटनगरको आरोहण गुरुकुलमा जेठ २० गते शुक्रबारदेखि 'द स्कुल व्वाइ' नाटक मञ्चन शुरु भएको छ । जेठ ३० गते सोमबारसम्म नियमित रूपमा साँझ ५:३० बजेदेखि बालमनोविज्ञानमा आधारित 'द स्कुल व्वाइ' नाटक मञ्चन भइरहेको छ ।

शिक्षा तथा बालमनोविज्ञानसँग केन्द्रित गरी विराटनगरमा रहेको आरोहण गुरुकुलले 'द स्कुल व्वाइ' नामक नाटक जेठ २० गते देखि प्रदर्शनमा आएको नाटक एक हप्तासम्म देखाइने भएको छ । विलियम ब्लेकको कविता “द स्कुल व्वाइ” मा आधारित रहि त्यसलाई नेपालीकरण तथा सुधारीकरण गरेर प्रस्तुत गरिने नाटकले शिक्षालाई व्यवसाय मात्र नभएर यसले हरेक बच्चालाई देख्न, सुन्न, हेर्न प्रेरित गर्नुपर्ने उनिहरुको फरक व्यवहारलाई फरक तरिकाले समाधान गर्नेपर्ने र घरमा समेत बच्चालाई स्वतस्फुर्त फक्रने वातावरण सिर्जना गर्नुपर्ने कुरालाई जोड दिएको छ । हरेक बच्चाहरु बगैंचामा फक्रिएका, फक्रिन लागेका फूलहरु जस्तै हुन् । उनीहरु व्यक्ति पिच्छे फरक फरक स्वभावका हुन्छन र फरक व्यवहारको अपेक्षा राख्दछन् । हामी सबैले उनीहरुलाई स्वतस्फूर्त फक्रने वातावरण सिर्जना गर्नुपर्दछ भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ । एउटा विद्यार्थीको मानसिक अवस्था र व्यवहारमा केन्द्रित यस नाटकमा उसले आफ्नो रचनात्मक प्रगतिमा परिवार, विद्यालय र शिक्षकहरुले समेत ध्यान दिन आवश्यक रहेको कुरालाई नाटकमा दर्शाउन खोजिएको छ । सकभर अभिभावक तथा अन्य सरोकारवालाहरु समेतलाई नाटक हेरिदिन गुरुकुलले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्