यमनका विद्रोही र सरकारबीचको वार्ता सकारात्मक

यमनका विद्रोही र सरकारबीचको वार्ता सकारात्मक

यमनको सरकार र यहाँका हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ ।

यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा यहाँको ताइज भन्ने स्थानमा सुरु भएको यी दुई पक्षको वार्ता सकारात्मक रुपमा अघि बढेको बताइएको हो ।

यहाँको सरकार र हुथीहरुले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो । त्यसको केही समयपछि आइतबारबाट यो दोस्रो चरणको वार्ता सुरु भएको हो । यमनमा कैयौं वर्षदेखि हिंसा जारी राखेका यहाँ हुथी विद्रोहीहरुका प्रतिनिधि र यमनी सरकारका प्रतिनिधिबीच सकारात्मक रुपमा वार्ता अघि बढेको बताइएको छ ।

यहाँ धेरै वर्षदेखि विद्रोह र हिंसा हुँदै गएपछि यसको राजनीतिक समाधान निकाल्नुपर्नेमा जोड दिइएको थियो । सोही कारण संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको उपस्थितिमा यहाँकोे विद्रोहको राजनीतिक समाधान निकाल्नका लागि भन्दै यो वार्ता सुरु भएको हो । रासस / सिन्ह्ना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्