लगातार आठौँ दिन पनि नेप्सेमा गिरावट

लगातार आठौँ दिन पनि नेप्सेमा गिरावट

काठमाडौं । शेयर बजारको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ ।

नेप्से आज मंगलबार ४५ दशमलव ५९ अङ्कले घटेर दुई हजार २० दशमलव २३ विन्दुमा झरेको छ । कारोबार भएका सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय ३४ वटा कम्पनीकाे ३८ लाख ८७ हजार कित्ता शेयर एक अर्ब ३१ करोड २८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै हिमालयन बैंकको शेयर १० प्रतिशत तथा सपोर्ट लघुवित्त, समता लघुवित्त र जनउत्थान लघुवित्त कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

यता, मर्जर असफल भएर एक वर्षपछि कारोबार खुलेको हिमालयन बैंकको सेयरमूल्य लगातार दोस्रो दिन पनि घटेर नकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै, सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य ५.९९ प्रतिशतले गिरावट हुँदा समता घरेलु लघुवित्तको ५.६३ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्