सास्थम कलेजका विद्यार्थीलाई फ्रेन्च कल्चर सम्बन्धी प्रयोगात्मक अभिमुखिकरण कार्यक्रम

सास्थम कलेजका विद्यार्थीलाई फ्रेन्च कल्चर सम्बन्धी प्रयोगात्मक अभिमुखिकरण कार्यक्रम

विराटनगर । विराटनगर-१४ मलायरोडमा रहेको सास्थम कलेजका विएचएम संकायका विद्यार्थीहरुले फ्रेन्च कल्चरमा हुने कला, सत्कार, परिकार र पहिरनहरुहरुमा केन्द्रीत भई आतिथ्य सत्कार सम्बन्धि प्रयोगात्मक अभिमुखिकरण कार्यक्रम  (Thematic Gastronomy in French  Culture, Tradition  and recipe  ) सम्बन्धी आफुले पढेका ज्ञानलाई व्यावहारिक रुपमा प्रर्दशन गरेका छन् ।

सास्थम कलेजमा होटल मेनेजमेन्ट सम्बन्धी अध्ययनरत चौथौ सेमेस्टरका विद्यार्थीहरुले सैदान्तिक रुपमा पढेका कुरालाई व्यावहारिक रुपमा प्रस्तुत गर्दै नयाँ कुराको ज्ञान हासिल गरेका छन् । विद्यार्थीहरुले हस्पिटालिटी सम्बन्धी फ्रेन्च कल्चरमा हुने कला, सत्कार, परिकार र परिकारहरुहरुमा केन्द्रीत भैइ आगन्तुक बिशिस्ट अतिथीगन, कनेजका पधाधिकारीहरु तथा शिक्षकहरु लाइ फ्रेन्च कल्चरबाट तयार पारिएका खानाहरु र फेन्च कल्चरका प्रदर्शनी समेत प्रस्तुत गरेका थिए । किताबी ज्ञानलाई व्यावहारिक रुपमा प्रदर्शन गर्न पाँउदा धेरै खुशी लागेको विद्यार्थीहरुको भनाई छ । हामीले पढेका कुरालाई भोलीको दिनमा व्यवहारिक रुपमा जान सहज हुने भएका कारण यस्ता खालका क्रियाकलाप कलेजले विद्यार्थीलाई गराउनु आवश्यक रहेको विद्यार्थीहरुले बताएका छन् ।


विद्यार्थीहरुले होटल मेनेजमेन्ट सम्बन्धी अध्ययन गरेका कुरालाई प्राक्टिकल रुपमा अभ्यास गराएर विद्यार्थीहरुको क्षमता अभिवृद्धी गराउनुका साथै भोलीको दिनमा हस्पिटालिटी सम्बन्धी ज्ञान आर्जन गरुन भनेर अभ्यास गराइएको सास्थम कलेज होटल मेनेजमेन्टका प्रोग्राम कोअडिनेटर शैलेन्द्र गणेशले बताउनुभयो ।


विद्यार्थीहरुले नेपाली कल्चरसँगसँगै अन्य मुलुकका कल्चरलाई सिक्ने मौका पाउन भनेर अभ्यास गराएका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्