किर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

किर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको किर्तिपुर नगरपालिका-४ मा मंगलवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

किर्तिपुर नगरपालिका-४ र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविर स्थानीय ग्रिनलेन्ड सेकेण्डरी स्कूलमा सञ्चालन गरिएको छ । शिविरमा केएमसीका डाक्टरहरुले १ हजार १ सय ३३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये २ सय ३७ जनाको रक्त परीक्षण, १ सय ९२ जनाको भिडियो एक्सरे र १ सय २४ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार दाँतमा समस्या भएका ३७ जनाको दाँत खोलिएको छ । त्यस्तै जटिल समस्या भएका कारण शिविरमा उपचार सम्भव नभएका ४२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ । केएमसीले यसअघि आइतवार काठमाडौंकै गोठाटारमा शिविर सञ्चालन गरेर ९ सय २१ जनाको निःशुल्क उपचार गरेको थियो । केएमसी अध्यक्षको रुपमा डा.सुनिल शर्मा भित्रिएसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्