अवैध लागूऔषध सहित तीन जना पक्राउ

अवैध लागूऔषध सहित तीन जना पक्राउ

रौतहट । चन्द्रपुर नगरपालिका-६ थोकरटोल बस्ने ५२ वर्षीय पनिलाल दासलाई अवैध लागूऔषध ७ किलोग्राम गाँजा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटीएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा कोठाभित्र प्लाष्टिकको झोलामा लुकाई राखेको उक्त गाँजा बरामद गरी उनलाई पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-५ विहानी टोलबाट १ सय ४० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका चिसापानी बस्ने १७ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा ती किशोरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ बस्ने २८ वर्षीय हेम खत्रीलाई ८ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध खैरो हेरोईनको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्