पर्सामा दिवा खाजामा अनियमिता गर्ने विद्यालयमाथि कारबाही

<span class='c1'>पर्सामा दिवा खाजामा अनियमिता</span> <span class='c2'>गर्ने विद्यालयमाथि कारबाही</span>

वीरगञ्ज । पर्साको विन्ध्यवासिनी गाउँपालिकाले दिवा खाजामा अनियमिता गर्ने विद्यालयमाथि छानबिन गरी कारबाही गर्न सुरूवात गरेको छ।

केही सामुदायिक विद्यालयहरूले मापदण्डअनुसार विद्यार्थीहरूलाई खाजा नखुवाउने गरेको फेला परेपछि कारबाही प्रक्रिया अघि बढाउन सुरू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए।

चालु आर्थिक वर्ष ०७८/७९ मा पालिकाभित्रका कूल १४ सामुदायिक विद्यालयमा विद्यार्थीहरूका लागि एक सय दिनको खाजा खर्चस्वरूप रु ५० लाख ती विद्यालयहरूमा विनियोजन गरिएको थियो।

विन्ध्यवासिनीका अध्यक्ष प्रमोद तिवारीले तालिकाअनुसार विद्यार्थीलाई खाजा नखुवाउने विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।

पालिकाले विद्यालय खुल्ने दिन विद्यार्थीहरूलाई आवश्यक पौष्टिक तत्व पुग्ने गरी प्रत्येक दिन फरक/फरक तरिकाको खाजाको परिकारसहित खाजा तालिका निर्धारण गरेको छ। यद्यपि सो खाना तालिकाभन्दा गुणस्तरहीन खाना खुवाउने विद्यालयलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्