डायलाईसिस निःशूल्क रहेको कोशीमा फिस्टुला बाहिर लगाउनुपर्ने बाध्यता : नागरिक समाजको खबरदारी

डायलाईसिस निःशूल्क रहेको कोशीमा फिस्टुला बाहिर लगाउनुपर्ने बाध्यता : नागरिक समाजको खबरदारी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा मृगौला फेल भएका बिरामीलाई निःशूल्क डायलाईसिस सेवामा सास्ती व्यहोर्नुपरेको बिषयमा नागरिक अगुवाहरुले अस्पतालको ध्यानाकर्षण गराएका छन् ।

बुधबार विराटनगरका नागरिक अगुवाहरुले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. यज्ञराज खरेललार्ई उक्त बिषयको ध्यानाकर्षण गराएका हुन् । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलको अगुवाईमा गएको टोलीले सो बिषयबारे मेसुलाई जानकारी गराएका छन् । मृगौला फेल भएका बिरामीहरुलाई डायलाईसिस गर्नुअघि लगाईने फिस्टुला केनुला अस्पताल बाहिर लगाउन बाध्य पारिएको अध्यक्ष ढुंगेलले बताए ।

डायलाईसिसलाई निःशूल्क भन्ने तर फिस्टुला बनाउन अस्पताल बाहिर मोटो रकम खर्च गराउनु अपराध भएको नागरिक अगुवा दिनेश श्रेष्ठले बताए । टोल संगठन विराटनगरका संयोजक राजेश मास्केले अस्पतालमै निःशूल्क फिस्टुला लगाउने कार्यको व्यवस्थापन गर्न अस्पताललाई अनुुरोध गरे । नागरिक अगुवाले अस्पतालमा समयमै डाक्टर नभेटिनु ठूलो समस्या रहेको जिकिर गरे ।

नागरिक अगुवाहरुको गुनासोलाई सम्बोधन गर्दै मेसु खरेलले फिस्टुला लगाउने दक्ष जनशक्तिको अभावमा बिरामीहरुले सास्ती व्यहोर्नुपरेको बताए । उनले जनशक्ति माग गरेको भएपनि हालसम्म प्राप्त नभएका कारण समस्या भईरहेको जानकारी दिए ।

अस्पताल सुधारका लागी आफु दतचित्त भएर लागिपरेको भन्दै मेसु खरेलले नागरिक समाजको खबरदारी सकरात्मक रहेको भन्दै धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्