पाँच सयले बढ्यो सुनको मूल्य

पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९८ हजार रुपियाँ पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९७ हजार थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २८० रुपियाँ कायम रहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्