केएमसीको निःशुल्क स्वास्थ्यशिविरबाट ललितपुरका नौ सय बिरामी लाभान्वित

केएमसीको निःशुल्क स्वास्थ्यशिविरबाट ललितपुरका नौ सय बिरामी लाभान्वित

ललितपुर । ललितपुरको गोदावारी नगरपालिका-१२ स्थित ठेचोमा बिहीबार सञ्चालन भएको निःशुल्क स्वास्थ्यशिविरबाट नौ सयभन्दाबढी बिरामीलाभान्वितभएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जेष्ठ नागरिक चौतारी र गोदावारी नगरपालिका वडा नंम्बर १२ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

डलुचा गार्डेनमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९ सय ८२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा २ सय २७ जनाको रक्त परीक्षण, १ सय ९८ जनाको भिडियो एक्सरे र १ सय २१ जनाको मुटुको जाँच (ईसिजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका ३१ जनाको दाँत निकालिएको छ ।

त्यस्तै शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ । केएमसीले यसअघि मंगलवार किर्तिपुरमा स्वास्थ्यशिविर सञ्चालन गरेर १ हजार १ सय ३३ जनाको निःशुल्क उपचार गरेको थियो ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्यशिविर सञ्चालनलाई तीव्रता दिइएको केएमसीका अध्यक्ष डा.सुनिलशर्मा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्