जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । २१ वर्षीया महिलालाई जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा जबरजस्ती करणी तथा हाडनाता करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पीडितलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राख्नुको साथै घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्