दुर्घटनामा घाइतेको मृत्युपछि विराटनगर अस्पतालमा तनाव

दुर्घटनामा घाइतेको मृत्युपछि विराटनगर अस्पतालमा तनाव

विराटनगर । दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु भएपछि गाडीधनीको प्रभावमा अस्पतालले पीडित परिवारलाई नसोधि शवलाई बाहिर निकालेको आरोपमा विराटनगर अस्पताल (बिराट नर्सिङ्ग) मा तनाव भएको छ । शुक्रबार दिउँसो पीडकसँग सहमति नभई शव नबुझ्ने बताईरहेका पीडितमाथि बल प्रययोग गर्दै अस्पतालले शव निकालेको विषयमा विवाद उत्पन्न भएपछि तनाव भएको हो ।

गत जेठ २३ गते बिहान ९ बजे इटटरी–२ स्थित हलगाडामा कालिकोट घर भई मोरङ सुन्दरहरैंचा–४ बस्दै आएका ३४ वर्षीय विरेन्द्र सहकारी ((बोगटी) लाई पिकअपले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । घाईतेको उपचारका लागि विराटनगर अस्पताल भर्ना गरिएको उनको मृत्यु भएको छ ।
सुनसरीको रामधुनी–३ का शम्भुबहादुर दाहालको प्रदेश–१–०४–००१ च ०१७५ नम्बरको पिकअपले साइकलमा सवार सहकारीलाई ठक्कर दिइएको थियो । रामधुनी–३ सिंगीयास्थित गृहलक्ष्मी गाई फर्म र हाम्रो पवित्र डेरीको सञ्चालक दाहालको गाडीमा चालक देवराज पौडेल थिए ।
दुर्घटनाकै दिन श्रीमती दिलकुमार राईले इलाका प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले दुर्घटनामा गम्भीर घाईतेको उपचार नसकिदै गाडी र चालकलाई छोडेको आरोप पीडित पक्षको छ ।

चालक र सवारी छोडेपछि प्रभावमा देखिएका दाहालले अस्पतालमा समेत घाइतेको मृत्युपछि पीडिक पक्षलाई दवाव दिइएका थिए । पीडितले केहि शर्त राखेपछि दाहाल छलफलमा बसेका थिए । त्यहिबेला अस्पतालका सुरक्षा गार्डले एक्कासी पीडित पक्षका महिलामाथि हातपात गरेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
अस्पतालमा परिसरमा गार्ड र पीडित पक्षबीच भएको तनावका क्रममा तोडफोड समेत भएको थियो । त्यसपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइएको छ । पीडित पक्षले अस्पतालका गार्डले खुकुरी निकालेर हान्न खोजेको आरोप लगाएका छन् । तर, प्रत्यक्षदर्शीले भने पीडितको समूहले गार्डको साथमा रहेको खुकुरी निकाल्न खोजेको बताएका छन् ।

मृतकका दाजु राजेन्द्र सहकारीले अस्पताले गर्नुपर्ने व्यवहार नगरेको आरोप लगाउनुभयो । कालिकोट घर भएका कारण पहुँच नभएको भन्दै गाडीवालासँग मिलेर अन्याय गरेको पीडित पक्षको आरोप छ । पीडितका पक्षबाट अस्पताल आएको समूहलाई प्रहरीले बाहिर निकालेर अस्पताल प्रशासन, गाडीवालासँग छलफल गरिरहेको छ ।

अस्पताल प्रशासनले भने गाडीवालासँगको विवादमा अस्पतालमा तोडफोड तथा हुलहुज्जत गरेको आरोपमा कानुनी कारवाहीमा जाने बताएको छ । प्रहरीमा उजुरी गरेर तोडफोडमा उत्रने विरुद्ध कारवाही गरिने बताइएको छ । मृतकका भतिजा मिलन बोगटीको हातमा भने चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्