विश्व कप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै

विश्व कप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै

विराटनगर । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ । आज खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ ।

नेपाल–अमेरिकाबीच एकदिवसीयमा चार पटक भेट भएकाे छ । त्यस भेटमा नेपालले तीन खेल र अमेरिका एक खेलमा विजयी भएकाे छ ।

यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल १३ खेलमा ६ मा जित र सातमा हार १२ अङ्कका साथ छैटौँ स्थानमा रहेको छ । त्यस्तै २१ खेलमा १० मा जित र ११ हारसहित २० अङ्ककासाथ अमेरिका चौथो स्थानमा रहेको छ ।

ओमान ३४ खेलमा ४२ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग जेठ ३१ गते र अन्तिम खेलमा अमेरिकासँग असार १ गते खेल्ने तालिका रहेको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्