जी-बबको नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक

जी-बबको नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक

विराटनगर । र्‍यापर सुदिप भण्डारी (जी-बब) को नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक भएको छ ।

बुधबार सार्वजनिक भएको उक्त र्र्याप गीतमा जी-बबकै शब्द र स्वर रहेको छ । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा जी-बबका साथै अभिनेत्री सारा सिर्पाइली र मोडल डेलविसको अभिनय रहेको छ। निर्देशक चन्दले भिडियोलाई एक्सन शैलीमा प्रस्तुत गरेका छन् ।

ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, शिलन लम्सालको सम्पादन, नवराज उप्रेतीले छायांकन गरेका हुन् । ‘ट्रि इन्टरटेन्मेन्ट’ युट्युब च्यानल मार्फत उक्त र्र्याप गीत सार्वजनिक भएको हो ।

बुधबार सार्वजनिक भएको उक्त र्र्याप गीत हालसम्म भने ९ लाख ९२ हजार ६ सय ५५ बढी दर्शकले हेरिसकेका छन् ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्